NATHM

Training

Read our journals, Souvenirs, Prospectus and find if there are any recent updates.

Mobile Outreach Trainings

होमस्टे या घरबास सम्बन्धी तालीम

Training Image

तालीमको परिचय

यसलाई होमस्टे या घरबास सम्बन्धी तालीम भनिन्छ। घरवास (होम स्टे) भन्नाले पर्यटकलाई आवाश, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो घर वा समुदायमा निजी वा सामुहिक रूपमा संचालन गरिएको सेवा भन्ने बुझिन्छ ।

पृष्ठभूमि

ग्रामीण क्षेत्रमा स्थानीय जनतामा स्वरोजगारका अवसर श्रृजना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवन स्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पर्यटन पूर्वाधारको दिगो विकासको माध्यमबाट सबै खाले समुदायको समेत संलग्नता रहने गरी पर्यटन व्यवसायबाट प्राप्त हुने लाभलाई समुदायुको पहुँच भित्र ल्याउने संरचनाको निर्माण र विकास गर्ने पर्यटन नीति २०६५ अनुसार नेपालका ग्रामीण भेगमा तथा शहर भेगमा समेत होमस्टे कार्यक्रम संचालन गरी रोजगारका अवसरहरू श्रृजना गरी गरीबी न्यूनीकरणमा सहयोग पुऱ्याउने ।

पाठ्यक्रमको सामान्य परिचय

यो पाठ्यक्रम दैनिक ७ घण्टाको दरले ७ दिन सम्म स्थानीय स्तरमा संचालन हुनेछ । यो पाठ्यक्रममा पर्यटन र पर्यटक सम्बन्धी आवश्यक जानकारी, होमस्टे संचालन तथा व्यवस्थापन, पाहुनाहरूको स्वागत सस्कार, सरसफाई, खाद्य तथा पेय सेवा, खाद्य उत्पादन तथा नियन्त्रण, प्राथमिक उपचार तथा लागू औषध, आचार संहिता र स्थानीय पर्यटकीय गतिविधि योजना तथा बजारीकरण सम्बन्धी विषयवस्तुहरू समावेश गरिएको छ ।

उद्देश्यहरू

तालिम समाप्त भएपछि सवै सहभागिहरूले निम्न कार्य गर्न सक्षम हुनेछन् ।

क) पर्यटन र पर्यटकको महत्व बुझी सामान्य रूपले व्यवसाय गर्न ।

ख) आफ्‌नै वासस्थानलाई व्यवस्थित गरी होमस्टे कार्यक्रम संचालन गर्न ।

ग) पर्यटकहरूलाई दिईने सेवासुविधा तथा आतिथ्यता बारे सामान्य परिचय दिन ।

घ) पर्यटकहरूको रूचि अनुसारको स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थ (खाद्य तथा पेय सम्बन्धी) हरूमा

आधारित खाद्य तथा पेय पदार्थ तयार गर्न र सेवा दिन ।

ङ) पर्यटकहरूको लागि पारिवारिक वातावरणमा बसाइको व्यवस्था मिलाउन ।

च) पर्यटकहरूसंग गरिने चालचलन तथा व्यवहार सम्बन्धमा आधारभूत जानकारी गराउन ।

छ) सरसफाई, प्राथमिक उपचार, सक्रामक रोगबारे जानकारी र वच्ने उपायहरू अवलम्बन गर्न ।

ज) वातावरण र पर्यटन विचको सम्वन्ध बुझी वातावरण संरक्षणका काममा उत्प्रेरित बन्न ।

झ) स्थानीय कला, संस्कृतिको आदान प्रदान गरी यसको महत्वबारे जानकारी गराउन ।

ञ) पर्यटकहरूलाई गुणात्मक सेवा तथा सुविधा र न्यानो आतिथ्यता प्रदानं गरी पारिवारिक वातावरणमा घुलमील भई वसेको महशुस गराई स्वरोजगारको माध्यमबाट आय आर्जन भई दिगो पर्यटनको विकासको माध्यमबाट गरिवी न्यूनीकरणमा सहयोग भै समग्र मुलुकको विकासमा टेवा पुऱ्याउन ।

८. अपेक्षित उपलब्धी

तालिम पश्चात पर्यटकिय दृष्टिले महत्वपूर्ण स्थानहरूमा होमस्टे संचालन गरी बसेका वा वस्न चाहनेहरू आफैले आफ्‌नो वासस्थानमा होमस्टे व्यवस्थापन तथा स्थानीय स्तरमा उपलब्ध कच्चा पर्दाथहरूको उपयोग गरी आगन्तुक पर्यटकहरूलाई सेवा उपलब्ध गराई पारिवारिक वातावरणमा न्यानो आतिथ्य सत्कार दिइ स्थानीय कला, संस्कृति तथा पर्यटकीय गतिविधिहरू सम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन र समग्रमा पर्यटकहरूलाई गुणात्मक सेवा प्रदान गर्न तालिम उपलब्धीमूलक हुनेछ ।

लक्ष्य

पर्यटन वर्ष २०११ ले लक्षित गरेको होमस्टे कार्यक्रमको माध्यमबाट स्थानीय स्तरमा स्वरोजगार अभिवृद्धि भै गरीबी न्यूनीकरण गरी पर्यटनको दिगो विकास गर्नमा सहयोग पुग्ने ।

तालीम संचालन गर्ने विधि

यस तालीमको लक्ष्य पुरा गराउनमा मुख्य रूपमा प्रवचन, छलफल, प्रश्नोत्तर, डेमोन्ष्ट्रेसन तथा प्राक्टिकल र सम्भव भएसम्म फिल्ड भिजिटको माध्यमद्वारा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने कार्य गरिनेछ ।

तालीमको मूल्यांकन

तालीम समाप्त भएपछि अन्त्यमा प्रशिक्षार्थीहरूबाट नै मूल्यांकन गराउने र यदि कुनै प्रकारको सुझाब प्राप्त भएमा सो को निचोडहरू सहभागी प्रशिक्षार्थीहरूलाई जानकारी गराउने र भविष्यमा सम्भव भएसम्म यस तालिम निर्देशिकालाई सुधार्दै लैजाने ।


साना होटल तथा लज व्यवस्थापन तालिम

Training Image

साना होटल तथा लज व्यवस्थापन तालिमसम्बन्धी संक्षिप्त जानकारी

१. तालिमको नाम : साना होटल तथा लज व्यवस्थापन (Small Hotel & Lodge Management)

२. तालिम कार्यक्रमको लक्ष्य : सहभागीहरूको सीप र दक्षतामा अभिवृद्धि गरी सानातिना व्यवसायहरू आफै सञ्चालन गरी स्वरोजगारतर्फ उन्मुख भई ग्रामीण पर्यटनको विकासमा सरिक हुने र आयस्तर वृद्धि गराउने ।

३. कोर्स बनावट र अवधि : यो तालिम प्रतिदिन ६-६१/२ घण्टाको दरले कम्तीमा १० दिनसम्म सञ्चालन हुनेछ भने छुट्टै एक दिन स्थात्तीय रिसोर्ट/होटलको अवलोकन भ्रमण गराइनेछ ।

४. लक्षित समूह : नेपालका दुर्गम तर पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका क्षेत्रहरूमा वसोवास गरी आफैले स्थानीय लज, रेस्टुरा, वा कफीसप, टी- हाउसजस्ता व्यवसायहरू सञ्चालन गरी स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सेवा पुऱ्याइरहेका वा पुऱ्याउन चाहने स्थानीय बासिन्दाहरू यो तालिमका लक्ष्यित समूह हुन् ।

५. तालिमका मूल उद्देश्यहरु :

तालिम समाप्त भएपछि सबै सहभागीहरूले निम्न कार्यहरू गर्न सक्षम हुनेछन् :

• पर्यटन र पर्यटकको महत्व बुझी सामान्यरुपले पर्यटन व्यवसाय सञ्चालन गर्न ।

• स्थानीय लज, रेष्टुराँ, कफीसप, वा टी- हाउस सञ्चालन गर्न ।

• पर्यटकहरूलाई दिइने सेवा सुविधा तथा आतिथ्यताबारे सामान्य परिचय दिन ।

  • पर्यटकहरूको रुचिअनुसारको खाद्य तथा पेयपदार्थहरू तयार गर्न र सेवा दिन ।

• पर्यटकहरूको लागि बसाइँको लागि न्यूनतम व्यवस्था मिलाउन ।

• पर्यटकहरूसँग गरिने चालचलन तथा व्यवहार सम्बन्धमा आधारभूत जानकारी गराउन ।

  • सरसफाइ, प्राथमिक उपचार, संक्रामक रोगबारे जानकारी र बच्ने उपायहरू अवलम्वन गर्न ।
  • वातावरण र पर्यटनबीचको सम्बन्ध बुझी वातावरण संरक्षणका काममा उत्प्रेरित बन्न ।

• पर्यटकहरूलाई गुणात्मक सेवा तथा सुविधा र न्यानो आतिथ्यता प्रदान गरी आय आर्जनको माध्यमवाट वृत्ति विकास गरी स्वरोजगारी गर्ने र ग्रामीण पर्यटनको विकासको माध्यमबाट समग्र मुलुकको विकासमा टेवा पुऱ्याउन ।

६. तालिम सञ्चालन गर्ने विधि : यो तालिमको लक्ष्य पूरा गराउनमा मुख्यरुपमा प्रवचन, छलफल, प्रश्नोत्तर, डेमोन्ष्ट्रेसन तथा प्राक्टिकल र फिल्ड भिजिटको माध्यमद्वारा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिने कार्य गरिनेछ ।

७. तालिमको मूल्याङ्कन : तालिम समाप्त भएपछि अन्त्यमा पूरा कोर्सको मूल्याङ्कन प्रशिक्षार्थीहरूबाट नै गराउने र यदि मूल्याङ्कनबाट कुनै प्रकारको सुझावहरू प्राप्त हुन आएमा तुरुन्त सुझावको निचोडहरू सहभागी प्रशिक्षार्थीहरूलाई जानकारी गराउने अथवा भविष्यमा सम्भव भएसम्म सुधार्दै लग्ने ।